न्यूज डेस्क | भदौ १२, २०८१ बुधबार

रौतहट । डिभिजन वन कार्यालय रौतहटमा नयाँ डिभिजन वन कार्यालय प्रमुख हेमन्त साहको आगमन भएको छ । उनले बुधबार हातेमालो सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा बृक्षारोपण गरेर डिभिजन वन प्रमुखको पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गदै कार्यालय प्रमुख साहले वन संरक्षणको लागी आफु रहुन्जेल सक्रिय भएर लाग्ने समेत बताएका छन ।  राज्यले दिएको जिम्मेबारलार्इ कुशलतापुर्वक निर्वाह गर्ने साहले प्रतिबद्धता जनाएका छन । 


कार्यालयका कर्मचारीहरुसंग परिचयात्मक तथा अन्र्तरक्रिया गदै वन प्रमुख साहले वन संरक्षणको सन्र्दभमा कुनै पनि कसै संग सम्झौता नगरी काम गर्न मातहतका कर्मचारीहरुलाइ निर्देशन पनि दिएका छन । वन कर्मचारीको दायित्व भित्र पर्ने कामहरु र्इमान्दारिता साथ भुमिका निर्वाह गर्न उनले आग्रह समेत गरेका छन्  ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरुले नयाँ आएका कार्यलय प्रमुख साहलार्इ स्वागत र रौतहटबाट सरुवा भई सिराहा गएका डिभिजन वन प्रमुख शैलेन्द्र मिश्राको संँगै कार्यक्रम गरी बिदाइ तथा स्वागत गरेका छन ।



कर्मचारीहरुले नब आगन्तुक कार्यालय प्रमुख साहलाइ फुलमाला सहित स्वागत गरेका थिए भने बिदाइ भएर गएका कार्यालय प्रमुख मिश्रलाइ पनि फुलमाला तथा खादा ओडाइ बिदाइ गरेका थिए । मिश्राको डिभिजन वन कार्यालय सिराहामा सरुवा भएको छ ।यस अघिका प्रमुख मिश्रा रौतहटको चुरे क्षेत्रबाट खयर लगायत दुर्लभ प्रजातिको काठहरु तस्करी भइरहेको कारण बिवादमा आएका थिए । उनलाई बन अतिक्रमण, चुरे दोहन र नदीजन्य पदार्थको उत्खनन् रोक्न नसकेको भन्दै चौतर्फी आलोचना समेत हुदै आईरहेको थियो ।



 रौतहटको खासगरी बलेरी, रंगपुर साझेदारी वन,जंगलसहयिा साझेदारी वन तथा जुडिबेला क्षेत्रबाट नियमित रुपमा काठ तस्करी तथा गैडाटार क्षेत्रबाट चुरेको दोहन भइरहेको समाचार आइरहेका छन । जिल्ला भित्रका वन क्षेत्रमा काठ तस्करी तथा चुरे दोहन नदी जन्य पदार्थको अबैध उत्खनन्का समाचार आइरहेको अबस्थामा नयाँ आएका डिभिजन वन प्रमुख साहको वन संरक्षणको कार्यमा कस्तो भुमिका निर्वाह गर्छन भने हेर्न बाकी नै छ । रौतहटको वन क्षेत्र अतिक्रमण दिन प्रतिदिन बढिरहेको अबस्थामा रौतहट आएका डेफु साहले वन अतिक्रमण नियन्त्रण सम्बन्धी भुमिका कस्तो हुनेछ भन्ने पनि हेर्न बाकी रहेको स्थानियहरु बताउछन् ।