न्यूज डेस्क | भदौ १३, २०८१ बिहिबार

बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।


बिहीबार दाङबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर–नेपालगन्जसडकखण्डको गनापुरस्थित नमस्ते कटेजको अगाडि एउटा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नेपालगन्ज पुग्न लागेको बस अनियन्त्रित भइ पल्टिँदा दुईजनाको मृत्यु भएको र २७ जना घाइते भएको जानकारी आएको बताए ।



उनले मृतकको अझै सनाखत नभएको जनाकारी दिँदै घाइतेहरुलाई नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा पुर्‍याइएको बताए ।