न्यूज डेस्क | भदौ १३, २०८१ बिहिबार

सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । त्यसैगरी सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डिसी) लाई नियुक्त गरेको छ ।


मन्त्रिपरिषद बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ ।



मन्त्रिपरिषद बैठकले चार किस्तामा शुल्क तिर्ने सुविधा दिनुका साथै पछिल्ला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय गरेको हाे ।