न्यूज डेस्क | भदौ १३, २०८१ बिहिबार

काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा एमाले निकटका कलाकार दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गरेको छ ।


बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ । झापा जिल्ला निवासी दाहाल एमाले निकटका कलाकार हुन् ।



दाहाल एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा दाहाल ‘दिनेश डिसी’का रुपमा परिचित छन् । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।