न्यूज डेस्क | भदौ १७, २०८१ सोमबार

रौतहटको चन्द्रनिगाहपुर – गौर सडक खण्ड स्थित चारलेन सडकको स्ट्रिट लाइट बल्न थालेको छ । उक्त नयाँ सडकको चन्द्रनिगाहपुर तीनकुने चोक देखी चन्द्रनिगाहपुर तल्लो बजार सम्मको सडक बत्ती सोमबार देखी बल्न शुरु भएको छ ।


चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले सोमबार विद्युत मीटर जडान गरेर उदघाटन गरेपछि सो बत्ती बल्न शुरु भएको हो । नगर प्रमुख काफ्लेले सो सडक अन्र्तरगत तीन स्थानमा रहेको स्वीचको अन गरी सडक बत्ती बालेर सुचारु गरेका थिए ।



सडक बत्ती बाल्दै नगर प्रमुख काफ्लेले नगरपालिकाले बिधुतको बिल तिर्ने गरी मिटर राखेर सडक बत्ती बालेको समेत बताएका छन । मुख्य सडकमा बत्तीको अभाबमा बिभिन्न किसिमका घटनाहरु घटने गरेको अबस्थामा सडक बत्ती अति नै आवश्यक रहेको नगर प्रमुख काफ्लेले बताएका छन । यस बत्तीले नगरको सौन्दर्यता पनि बढाएको नगर प्रमुख काफ्लेले बताएका छन ।



नगर प्रमुख काफ्लेको सक्रियतामा नगर उज्यालो अभियानको थालनी गर्दै नगरपालिकाको वडाका बिभिन्न चोक चोकमा टावर लाइट जडान भएर बलिरहेको अबस्थामा राजमार्गमा रहेको बत्ती सञ्चालनमा आउन अति जरुरी रहेको नगर प्रमुख काफ्लेको धारणा थियो । प्राबिधिक कारण सडक बत्ती बाल्न ढिलो भएको भएको भएतापनी अब आउँदै गरेको चाडबाडमा चन्द्रपुर नगर झिलिमिल हुने मेयर काफ्लेले बताए ।

चन्द्रपुर नगरपालिकाको मुटुको रुपमा रहेको चन्द्रनिगाहपुरको यो सडक बत्ती जडान अपरिहार्य रहेको जन ज्योती माबि ब्यबस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले बताएका छन । राजमार्गमा सडक बत्ती निमार्ण भएपश्चात पनि बत्ती नबल्दा स्थानिय सरोकारवालाहरुले चासो राखिरहेको अबस्थामा अहिले बत्ती सुचारु हुनु सुखद पक्ष भएको अध्यक्ष लामिछानेको धारणा थियो ।

उक्त सडक बत्ती उदघाटन कार्यक्रममा नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका कार्यालय प्रमुख धिरेन्द्र कुमार यादब, वडाअध्यक्ष जितेन्द्र चौधरी, नबराज देबकोटा, कार्यपालिका सदस्य नेत्र कुश्वार, ,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज कुमार साह स्थानिय , जनप्रतिनिधी व्यापारी, लगायतको सहभागिता रहेको थियो । सडक बत्ती सञ्चालनमा ल्याएको भन्दै नगर प्रमुख काफ्लेको स्थानीयले प्रशंसा समेत गरेका छन्।