न्यूज डेस्क | भदौ १८, २०८१ मंगलबार

रौतहट। चन्द्रनिगाहपुर स्थित जन ज्योति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तिज विशेष कार्यक्रमको आयोजना हुने भएको छ।


आउँदै गरेको हरितालिका तीजको अवसरमा बुधबार क्याम्पस प्राङ्गणमा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु)ले क्याम्पसमा अध्यनरत छात्राहरुलाई लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तीज विशेष कार्यक्रमको आयोजना गर्न लागेको सचिव मोहम्मद नौसाद आलमले बताए ।



तीज पर्वलाई महिलाहरुले विशेष पर्वको रूपमा मनाउने प्रचलन रहिआएको भएतापनि पछिल्लो समय परिष्कृत समाजले यसको महत्त्वलाई थप रौनकता दिने लहर चलिरहेको अवस्थामा लोक संस्कृतिको रक्षा गर्न र छात्राहरुलाई एकताको संदेश दिन समेत सामूहिक रूपमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको सचिव आलम बताउँछन् ।



क्याम्पसको स्ववियुले विभिन्न चाडपर्व तथा दिवसहरुलाई विशेष महत्वका साथ आयोजना गर्दै आएको छ। स्ववियू सभापति संगम श्रेष्ठको अध्यक्षतामा हुने उक्त तीज विशेष कार्यक्रमलाई सफल बनाउन स्ववियुले अनुरोध गरेको छ। सोही अवसरमा हुने तीज नृत्य प्रतियोगितामा उत्कृष्ट हुनेलाई मायाको चिनो सहित सम्मान गरिने आयोजक संस्था स्ववियुले जनाएको छ।