न्यूज डेस्क | भदौ २२, २०८१ शनिबार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले एमाले सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरेको छ । मेयर साहले आफुले रिभ्यु रिक्वेष्ट गरेपछी फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको जानकारी दिएका छन् ।


एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले घरेलु बालश्रम सम्बन्धी स्टाटस लेखेका थिए । 



फेसबुकले कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै तीन दिनअघि शहको पोष्ट हटाएको थियो ।