न्यूज डेस्क | भदौ २८, २०८१ शुक्रबार

रौतहट।चन्द्रनिगाहपुर अबस्थित जनज्योती नमुना माध्यमिक बिद्यालयले छात्रबृति बितरण गरेको छ । बिद्यालयमा अध्यनरत ६० जना दलित र ३ सय ६८ जना छात्रालाई छात्रबृति बितरण गरेको हो । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार काफलेको प्रमुख आतिथ्यतामा भएको उक्त छात्रबृति बितरण कार्यक्रममा  चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी, प्रमुख प्रशासकिय अधिकृत किरणनीधि तिवारी र नगरपालिकाका शिक्षा शाखा संयोजक दिपेन्द्र कुमार मण्डल लाई बिधालयले सम्मान गरेको छ । 


चन्द्रपुर नगरपालिकाका युवा नगर प्रमुख संजय कुमार काफलेले  नगरपालिकाकै नमुना बिद्यालयको रुपमा रहेको जनज्योती नमुना माध्यमिक बिद्यालयले शिक्षाको गुणस्तरीयता कायम राख्नु पर्ने कुरामा जोड दिदै बिद्यार्थीहरुलाई शिक्षाका अलावा अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराई नैतिक र क्षमताबान बनाउनु पर्ने बताएका छन्  ।  कार्यक्रममा उपप्रमुख जयमाला चौधरीले आफुले यस बिद्यालयमा अध्ययन गर्दा शिक्षा सहित  ब्यबहारिक ज्ञान समेत पाएको बताईन  ।



चन्द्रपुरका प्रमुख प्रशासकिय अधिकृत किरणनीधि तिबारीले आफुले उक्त बिद्यालयमा अध्ययन गर्दा भौतिक संरचनाको अबस्था जर्जर रहेको स्मरण गर्दै समयकोे गतिशिलता संगै बिद्यालयले शैक्षिक एबम भौतिक पूर्बाधारमा समेत उल्लेखनिय प्रगति गर्दै गरेको पाएको बताएका छन्  । चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष सहदेब केसीले बिद्याथीहरुको रुची चाहना अनुरुप बिद्यालय प्रशासन चल्ने हो भने बिद्याथीहरुको शैक्षिक ज्ञानमा बढोतरी हुने बताएका छन् ।



कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका शिक्षा शाखाका संयोजक दिपेन्द्र मण्डलले घर परिबार पछि अध्यन गर्न आउने बिद्याथीहरुकको अभिभाबकत्व बिद्यालय रहने बताए ।  बिद्यालयका प्राध्यानाध्यापक देबनारायण हुमागााईले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै बिधालयको भाबि योजनाहरुकेो बारेमा समेत बताएका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरेश लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बिद्यालयका शिक्षक दिपक पौडलले गरेका थिए  ।