प्राइम खबर संबाददाता | बैशाख २३, २०७८ बिहिबार

रिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षीय गायक प्रधान लामो समयदेखि न्युरोसम्बन्धी समस्यासँग जुधिरहेका थिए । यही समस्याका कारण सुन्धरास्थित न्युरो अस्पतालमा भर्ना भएका प्रधानको उपचारका क्रममा निधन भएको परिवारले पुष्टि गरेको छ । 
  उनको रेडियो नेपालमा पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ प्रधानका
 यो अँधेरी रातमा’ थियो । ‘घुम्तीमा नआऊ है’, गुलाफी घुम्टो’, नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत गीत प्रसिद्ध छन् । सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए ।