न्यूज डेस्क | भदौ ३१, २०८१ सोमबार

रौतहट। चन्द्रपुर नगरपालिकाका युवा मेयर सञ्जय कुमार काफ्लेले चन्द्रनिगाहपुरमा विद्युतीय सवारी (ईभी) को एक शोंरूम उद्घाटन गरेसँगै चारपाङ्ग्रे सवारीको बिक्री केन्द्र सञ्चालनमा आएको हो।


सोमबार चन्द्रपुर ४ स्थित चन्द्रनिगाहपुरमा रहेको होटल हिमालयन सँगै सिजी मोटर्सले आफ्नो विद्युतीय सवारीको बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । 



उक्त विद्युतीय सवारीको बिक्री केन्द्रको औपचारिक रूपमा उद्घाटन गर्दै नगर प्रमुख काफ्लेले अहिले चारपाङ्ग्रे सवारी साधनका ग्राहकहरुको विद्युतीय सवारी प्रतिको बढ्दो आकर्षणले इन्धनको खपत र वातावरणीय पर्यावरणमा समेत टेवा पुग्ने बताएका छन् । 



विद्युतीय सवारीको उपयोगकर्ता बढेसँगै सहज र सुविधाको लागि चन्द्रपुर नगरपालिकाले समेत ठूलो क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको बताएका छन्। मधेश प्रदेशकै ठूलो मानिएको चार्जिङ स्टेसन चन्द्रनिगाहपुर मै हुनुले पनि यहाँ वरपर जिल्लाका ग्राहकहरुलाई समेत इभी प्रति आकर्षित गरेको बताएका छन्। 

कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राई, विद्युत प्राधिकरण शाखा कार्यालय चन्द्रनिगाहपुरका प्रमुख धिरेन्द्र यादव, ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख, चन्द्रपुर नगर उद्योग वाणिज्य संघका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।