न्यूज डेस्क | असोज १, २०८१ मंगलबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजीत एक कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभाकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’


उनले प्रदेशलाई पारदर्शी र उत्तरदायी बनाउने कुरामा मात्रै सोच्न सकिने बताए । ‘प्रदेश संरचनालाई कसरी पारदर्शी बनाउनेदेखि लिएर साह्रा कुराको सम्बन्धमा विचार गर्ने सोच्ने, त्यसअनुरुप सुधार गर्ने कुराहरु हुनसक्छन्,’ उनले भने । त्यस्तै, देउवाले प्रजातन्त्रको खिलापमा संविधानका कुनै पनि व्यवस्था संशोधन नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र आफू प्रजातन्त्रको लागि जेलनेल भोगेर आएको स्मरण गराउँदै उनले अग्रगामी संशोधन हुने विश्वास दिलाए ।



उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उनले भने, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन ।’