न्यूज डेस्क | असोज ३, २०८१ बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानसभाबाट जारी भएको संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताउनु भएको छ ।


संबिधान दिवस २०८१ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री ओलीले संबिधानले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको पनि प्रष्ट पार्नुभएको छ ।



संबिधानको यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ भन्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन । यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ । यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ ।’