न्यूज डेस्क | असोज १५, २०८१ मंगलबार

रौतहट। अविरल वर्षाको कारण भएका विस्थापितलाई राहतको व्यवस्था मिलाउन नेपाल विद्यार्थी संघ रौतहटले आग्रह गरेको छ ।


तीन दिनको अबिरल वर्षाका कारण रौतहट जिल्लाको विभिन्न ठाउँहरूमा लालबकैया, बाग्मती, चाँदी नदीको कारण विस्थापित बनेका लाई क्षतिपूर्ति व्यवस्था गर्न  सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको संघका जिल्ला अध्यक्ष अधिकार लामिछानेले बताए ।



मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढी पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन हरसम्भव प्रयास गर्ने समेत अध्यक्ष लामिछाने द्वारा जारी विज्ञप्तिमा भनिएको छ।



उच्च मनोबल र साहसका साथ मानव जीवनको रक्षा र उद्दारमा आफ्नो ज्यानको बाजी लगाएर उद्दार गर्ने चण्डी लाल तामाङलाई उच्च सम्मान  गर्न कुनै कसर बाकी राख्न नहुने र तामाङ प्रति संघको उच्च सम्मान रहेको समेत बताइएको छ। 

नेपाल विद्यार्थी संघ हरेक विषम परिस्थितिमा सारथी बनेर हिँडेको इतिहासलाई ज्वलन्त राख्न नेविसंघ रौतहटको भूमिका महत्वपूर्ण रहेको विद्यार्थी नेता प्रशान्त रिमालले बताए।