न्यूज डेस्क | असोज १९, २०८१ शनिबार

रौतहटको चन्द्रनिगाहपुर स्थित रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार चन्द्रनिगाहपुर स्थित एक सभाहलमा भएको वार्षिक साधारण सभाको उदघाटन चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेले गरेका थिए ।


संस्थाको १६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख काफ्लेले संकल्प बचत तथा ऋण सहकारी संस्थाले अझै उत्पादनशीलता बढाउदै समाजलाइ सहकारी सेबाको माध्यमबाट उज्यालो तर्फ डोरयाउन आग्रह गरेका छन्।



सभामा संस्थाका अध्यक्ष बिभु पोखरेलले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै २०६५ पौष २१ गते १ सय ११ सदस्यबाट ३१ लाख १९ हजार १ सय पुजी संकलन गरी संकल्प साकोसको स्थापना गरिएको इतिहास स्मरण गराउँदै हाल प्रबिधिमैत्री युग अनुरुप संकल्प साकोस लाई पनि सोही अनुसार संचालन गर्दै आएको बताएका छन् ।



 संस्थाको वार्षिक प्रतिबेदनमा सम्पुर्ण प्रबिधि लाई आत्मसाथ गर्दै आर्थीक बर्ष ०८०/०८१ को असार मसान्तमा आई पुग्दा ४ हजार ४ सय ५१ जनाको शेयर पुजी ६५ करोड ६६ लाख ९ हजार ३ सय, निक्षेप ४९ करोड ७२ लाख १० हजार ६ सय २१ रुपैया १८ पैसाको शुध्द ऋण लगानी ४९ करोड ९९ लाख ३४ हजार ४ सय २० रुपैया ४२ पैसा गरी कुल सम्पती ६७ करोड २२ लाख २० हजार ६ सय ४८ रुपैया २४ पैसा रहेको जनाइएको छ । संस्थाका कोषाध्यक्ष बलराम गौतमले बार्षिक प्रतिबेदन र लेखा समितिको तर्फबाट संयोजक गणेश पौडेलले प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थाका सहसचिब चीरन्जिवी गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सचिब कुल बहादुर थापाले गरेका हुन् ।

संस्थाको साधारण सभाले आगामी कार्यकालको लागि गणेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नब निर्बाचित पदाधिकारीहरुमा उपाध्यक्ष कुलबहादुर थापा, सचिव चिरन्जिवि गौतम, सहसचिव : रामचन्द्र तिमल्सिना, कोषाध्यक्ष कृष्णचन्द्र पोखरेल, सदस्यहरुमा जनकराज भारती,वेदनाथ हुमागाई, एकनाथ चौलागाई, विदुर प्रसाद न्यौपाने, राजकिशोर गुप्ता, शारदा भण्डारी, गृष्मा सापकोटा, सुब्बा कार्की, रामानन्द साह र सत्यभामा अधिकारी रहेका छन्। त्यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा बलराम प्रसाद गौतम र राजनारायण चौधरी र राम प्रसाद तिमल्सिना सदस्य निर्वाचित भएका छन्।