न्यूज डेस्क | असोज २१, २०८१ सोमबार

नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली बृज जडान कार्य सुरु गरेको छ । यहि असोज १० र ११ गते भएको अविरल बर्षापछि सुनकोशीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो ।


यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रुपमा वैकल्पिक मार्गबाट अहिले सडक संचालन भएको भएपनि नेपाली सेनाले बेलिब्रिज जडान कार्य शुरु गरेकाले सिन्धुली र रामेछापको सडक सम्बन्ध पुर्ववतरुपमा छिट्टै फर्किने भएको छ ।