न्यूज डेस्क | असोज २१, २०८१ सोमबार

रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चपुर–गौर सडक खण्डबाट आइतबार नक्कली नोटसहित दुईजनालाई पक्राउ गरिएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नक्कली नोट बजारमा खपत गर्ने उद्देश्यले हिँडेका गढीमाई नगरपालिका–५ का ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्यायलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो ।


चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्दा नक्कली नोट भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको डीएसपी राजकुमार राईले जानकारी दिए । उनीहरुले एक हजारको नेपाली नक्कली नोट ४७ थान मोटरसाइकलको सिट मुनि लुकाएका थिए ।



‘हामीले पटेल र उपाध्यायलाई नक्कली नोट कहाँबाट ल्याएको र कहाँ लैजान लागेको भन्ने सोधपुछ गरिरहेका छौं,’ उनले भने,‘नक्कली नोट बनाउने गिरोहसम्म पुग्ने योजना छ । अनुसन्धानपछि यसको मुख्य मानिसहरु पत्ता लाग्छ ।’ प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ । यसअघि साउन १ गते सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र २४ वर्षीय इमामुल हक दर्जीलाई एक हजारको नेपाली नक्कली नोट १३ थानसहित ईलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरेको थियो ।



यो ख