न्यूज डेस्क | असोज २५, २०८१ शुक्रबार

रौतहट जिल्लाको मौलापुर नगरपालिकामा एक युवकमाथि आपराधिक समूहले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका छन्।


घाइते हुनेमा मौलपुर ५ का स्थानीय विजेन्द्र कुमार यादव को छोरा वर्ष १६ का विशाल कुमार यादव रहेका छन्। मौलापुर स्थित पतौरामा लागेको दुर्गा मेला हेर्ने क्रममा भएको दुई पक्षको विवाद हुँदा छुट्याउन गएका यादव माथि लागू पदार्थ सेवनकर्ताहरुको गत मंगलबार एक समूहले धारिलो हतियार प्रहार गर्दा उनको दायाँ हातमा गहिरो चोट लागेको उनका आफन्त राम वचन यादवले बताए ।



हातमा गहिरो चोट लागि घाइते भएका यादव स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनको वीरगन्ज स्थित कृष्ण अस्पताल प्रालिमा उपचार भइरहेको उनको पारिवारिक स्रोतले जनाएको छ।



यादव माथि आक्रमण गर्ने समूहलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासनले चासो नदेखाएको भन्दै आफन्तले गुनासो समेत गरेका छन् । उक्त घटनामा लक्ष्मण साह, राजबाबु साह, रौशन माली लगायतको संलग्नता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको उनको पारिवारिक श्रोतले बताएको छ। घटनामा संलग्न मध्यका केही खुलेयाम हिँडेका भएपनि प्रहरीले पक्राउ गर्न नसकेको आरोप घाइतेका आफन्त यादबले । को रहेको छ ।