प्राइम खबर संबाददाता | असोज २९, २०८१ मंगलबार

रौतहट। राष्ट्रिय महिला फुटबल टिममा देशको प्रतिनिधित्व गर्दै चन्द्रपुर रौतहटका आठ जना चेलीहरू राष्ट्रिय फुटबल टिममा पर्न सफल भएको प्रति चन्द्रपुरका युवा नगरप्रमुख सञ्जय कुमार काफ्लेले खुशी व्यक्त गर्दै  बधाई तथा शुभकामना व्यक्त गरेका छन्।


चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आफ्नो नगरबासी चेलीहरुले स्थान पाउनुमा आफैमा गौरवको विषय भएको समेत बताएका छन् । उनले नेपाली महिला फुटबलको इतिहासमा चन्द्रपुर नगरपालिकाका रौतहटेलि चेलीहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउँदै महिला फुटबलको गरिमा उच्च राख्नमा पूर्व प्रशिक्षक स्व. शेर बहादुर दर्लामीले गरेको योगदान अतुलनीय रहेको भन्दै सहानुभूति समेत प्रकट गरेका छन् ।



राष्ट्रिय महिला फुटबल टोलीमा पर्न सफल रेनुका नगरकोटी, अनिता केसी, निशा ठोकर, अन्जना रानामगर, रश्मि कुमारी घिसिङ, समिक्षा घिमिरे, सबिता रानामगर र राष्ट्रिय टिममा डेब्यु गर्न सफल सजनी ठोकर रौतहटबासी महिला फुटबल खेलाडी हुन ।



आगामी साफ वोमनस् च्याम्पियनशिप २०२४ प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता हात पार्न रौतहटेली चेली सहित सम्पूर्ण नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई शुभकामना व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्।