न्यूज डेस्क | असोज २९, २०८१ मंगलबार

चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो महिना भदौंमा एकखर्ब २६ अर्ब बिप्रेषण भित्रिएको छ । ।


नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्यांक उल्लेख छ । साउनको तुलनामा यो १० अर्बले कमी हो । साउन यो रकम एक खर्ब ३६ अर्ब थियो ।



पछिल्लो २१ महिनायता निरन्तर मासिक एक खर्बभन्दा बढी बिप्रेषण भित्रिँदै आएको थियो । साउन र भदौमा दुई खर्ब ६३ अर्ब रूपैयाँ बिप्रेषण आएको छ ।



दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने ९.९६ प्रतिशतले बढेको छ ।

काँग्रेस र एमाले मिलेर केपी ओली नेतृत्वमा सरकार बनेपछि आर्थिक अवस्थामा सुधार आएको दाबी सत्तारुढ दलका नेताहरुले गर्दै आएका छन् । तर, तथ्यांकले भने उनीहरुको दाबी पुष्टि गर्दैन ।

राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको र युवा विदेशिने क्रम बढेकाले अवस्थामा सुधार ल्याउन आफूहरु मिलेको दाबी काँग्रेस–एमाले नेताले गर्दै आएका छन् ।