न्यूज डेस्क | मंसिर ४, २०८१ मंगलबार
सामाजिक अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।
सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।
दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीकाे विरुद्ध गलत प्रचार गरेर विदेशमा लगानी गरेको भन्ने भ्रामक कुरा बाहिर ल्याएका थिए।