न्यूज डेस्क | मंसिर ८, २०८१ शनिबार
रौतहट। समाजिक संजालमा भ्रम सिर्जना गरिएको भन्दै कटहरिया नगरपालिकाका लेखापाल कामेश्वर सहनीले आपत्ति जनाएका छन् ।
पछिल्लो केही दिन यता कटहरिया नगरपालिकाबाट रौतहटको एक संचार माध्यमलाई ९ लाख रुपैया नियम विपरीत भुक्तानी दिइएको भनेर समाजिक संजालमा भ्रम छर्ने कार्य भएको सो पालिकाका लेखापाल कामेश्वर सहनीले जानकारी दिएका छन ।
अनाधिकृत रुपमा बनाइएका समाजिक संजालबाट लगाइएको आरोपमा कुनै सत्यता नरहेको र सो किसिमको कुनै भुक्तानी समेत नभएको लेखापाल सहनीले बताए । स्थानिय तहमा कामै नगरी भुक्तानी लिनेहरु पछिलो समय सक्रिय भएको र स्थानिय तहको बजेटलाई समाजिक संजालमा अफवाह फैलाइ एक प्रकारको बलैकमेल गरि कर्मचारी माथी नै गलत मन्साय राख्ने समुहहरुले आफू विरुद्ध गलत अफवाह फैलाइ आफुलाइ ब्लैकमेल गर्ने सोच राखेको सहनीले बताए ।
कार्यालयको नियमित कामकाजको क्रममा रित पुर्याइ आएको बाहेक कुनै पनि भुक्तानी नभएको र कसैको ब्यक्तिगत सम्बन्ध र दबाबमा आफुले स्वीकार नगर्ने लेखापाल सहनिको दाबी रहेको छ ।
लेखापालको जिम्मेवारी योजना निर्माण र संचालन गर्नु नरहेको तर भुक्तानी गर्ने बेला नियम अनुसार प्रक्रिया पूरा भएको नभएको हेर्नू रहेकोले आफू कानुनको दायरा भित्र रहेर इमानदारी पुर्व कामकाज संचालन गर्ने कार्य गर्दै आएको समेत उनले बताएका छन ।