न्यूज डेस्क | मंसिर ९, २०८१ आइतबार

रौतहट। चन्द्रनिगाहपुर स्थित चन्द्रपुर नगर अस्पतालमा लायन्स ट्रमा सेन्टर संचालनको लागि उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ इन्टरनेशनल र चन्द्रपुर नगरपालिकाको साझेदारीमा आईतबार उक्त अस्पताललाई ट्रमा सेन्टर संचालनको लागि आबश्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरिएको छ ।


  सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मधेश प्रदेशका अर्थमंन्त्रि जीतेन्द्र यादब सुनिलले नागरिकको स्वास्थ्य सम्बेदनशिलतालाई ध्यान दिई स्वास्थ्य क्षेत्रमा मधेश प्रदेश सरकार बिभिन्न निकाय संगको सहकार्यमा अघि बढ्न तत्पर रहेको समेत बताए ।



 सडक दुर्घटना, प्राकृतिक बिपतिका कारण मानबको अकालमा ज्यान नजाओस भन्नका लागि चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर संचालनमा ल्याउन लागिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले बताए। लायन्स क्लव अफ इन्टरनेशनलका डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले राजमार्गसंग जोडिएको चन्द्रनिगाहपुर ट्रमा सेन्टरको आबश्यक रहेको कुरा औँल्याउँदै उनले लायन्सले बिभिन्न परियोजना मार्फत शिक्षा, स्वास्थ्य सँगै मधुमेह जस्ता रोगको लागि विभिन्न क्षेत्रमा कार्य गर्दै आईरहेको समेत बताएका छन् ।



लायन्स क्लब चन्द्रपुरका दीपक रेग्मीले सञ्चन गरेका उक्त कार्यक्रममा बोल्दै चन्द्रपुर नगर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका नगरप्रमु्ख काफलेले ट्रमा सेन्टरको लागि उपलब्ध सामग्रीको उपयोगमा ल्याउन यस क्षेत्रका नीजि अस्पतालहरू सँग समेत सहकार्य गरिने बताएका छन् ।

यो पनि:

 नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा दैनिक सात जना सवारी दुर्घटनाका कारण मृत्यु हुने गरेको छ भने मधेश प्रदेशमा सबैभन्दा बढी मृत्यु र घाइते हुनेमा परेका छन् (प्रति एक लाख जनसंख्यामा १,४३०) ।

एसियाली विकास बैंकको अनुमान अनुसार सडक दुर्घटनाबाट नेपालमा वार्षिक ४४ करोड डलर खर्च हुने गरेको छ, जुन देशको GDP को १.७ प्रतिशत बराबर हो ।