न्यूज डेस्क | मंसिर ११, २०८१ मंगलबार
राैतहट । मधेस प्रदेश सरकारका गृह तथा संञ्चार मन्त्री राजकुमार लेखीले वाल विवाहलाई निरुत्साहित गर्न सबै सरोकारवालालाई चनाखो भई लाग्न अनुराेध गरेका छन । मधेसी आयोग द्वारा राैतहटको चन्द्रनिगाहपुरमा आयोजित बाल विवाह अन्तयका लागि धार्मिक गुरुहरुको भुमिका विषयक अन्तरक्रिया तथा प्रतिवद्वता कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री लेखीले बाल विवाह गराई प्रचलित कानुन उलंघन गर्नेलाई दण्डित हुन तयार रहन चेतावनी दिएका छन ।
बाल विवाह अन्तका लागि यतिका धर्म गुरु तथा सबै सराेकारबाला सहमत भए यसलाई शतप्रतिशत नै मान्ने राेकने पक्षमा रहेको उनले विश्वास व्यत गरे।
संघियताको बिरोध गर्नेलाई चुनाैति दिदै मन्त्री लेखीले भारतमा संघियता स्थापित हुन सतहतरी वर्ष लागेको ठाउमा हाम्रोमा थोरै समयमा सडक र शिक्षाको क्षेत्रमा राम्रो विकास भएको दाबी गरेका छन ।
मधेसी आयोगका अध्यक्ष डा.विजय कुमार दत्तको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य शावित्रा कुमारी शर्मा,मधेसी आयोगका सदस्य अधिवक्ता जिवछ साह,प्लान नेपालका ईरसाद अहमद ,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा , सामाजिक विकास तथा अनुसन्धान केन्द्रका सचिव साेनफि साह , निजान्नद धाम नजरपुरका सन्त १०८ सुरेन्द्र जी महाराज,माैलाना खली कुजमा , लामा धर्मगुरु जगत दोङ्ग ,पण्डित वृजमाेहन पाण्डे ,उपेन्द्र मिश्र ,लक्षमण झा ,नरेस राज खरेल सहितले बाल विवाह गर्ने गराउने उपर कानुनी कार्यवाही गरिए मात्रै निरुत्साहित हुने कुरामा जाेड दिएका थिए ।
कार्यक्रमको आरम्भमा नेपालमा बाल विवाहको अवस्था बारे प्लान नेपालकाे तर्फबाट काजल झाले बाल संरक्षणको सवालमा बोल्दै मुलकी अपराध संहिताको १७४मा बाल विवाहमा सहभागिलाई तीन वर्ष कैद र तीस हजार जरिवानाको अवस्था रहेकाे बताए । साे कार्यक्रममा दुई जना वालिकाले बाल विवाहमा कसरी परे तथा बचेको फरक फरक घटना वृतान्त पिडितले राखेका थिए ।