न्यूज डेस्क | मंसिर १९, २०८१ बुधबार
रौतहट। चन्द्रपुर नगरपालिकामा आयोजित प्रम मेयर कप टी २० लिग २०८१ पहिलो संस्करणको उपाधी भारतको मुजफ्फरपुरले उचालेको छ । संघर्ष युवा क्लब चन्द्रनिगाहपुरको आयोजना र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा सोमबार भएको फाइनल खेलमा मुजफ्फरपुरले रौतहटको माधवनारायण नगरपालिकालाई ४५ रनले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको मुजफ्फरपुरले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३५ रन बनाएको थियो । राजकुमारले ३२ बलमा सानदार ४० रन बनाए । इमरान नाजिरले २५ बल खेली २८ रन बनाए । माधवनारायणका बलर चन्दन ठाकुरले २४ रन खर्चेर ३ विकेट लिए । अभिराज यादवले २४ रन दिएर २ विकेट लिए । रन्जित यादव, दीपेन्द्र साह र सतिश यादवले एक/एक विकेट लिए ।
मुजफ्फरपुरले दिएको १ सय ३६ रनको विजय लक्ष्य पछ्याएको माधवनारायण १५ ओभरमा ९० रनमै सीमित भयो । मुजफ्फरपुरका बलरले सानदार प्रदर्शन गरेका थिए । आशिष सिंहले २६ रन खर्चेर ४ विकेट, मयनक कुमारले १० रन खर्चेर २, मन्जय कुमारले २ र आशुतोष सिंहले १ विकेट हात पारे ।
माधवनारायणका चन्दन ठाकुर प्लेयर अफ सिरिज र रणवीर यादव बेस्ट ब्याटर भए । मुजफ्फरपुरका आदित्य कुमार बेस्ट बलर भए । मुजफ्फरपुरका राजाकुमार प्लेयर अफ द म्याच भए । विजयी टिम तथा उत्कृष्ट खेलाडीलाई चन्द्रपुर नगरपालिकाका मेयर सन्जय काफ्लेले ट्रफी र प्रमाणपत्र वितरण गर्दै हरेक बर्ष प्रतियोगिता संचालन गर्न नगरपालिकाले सहयोग गर्ने बताए ।