न्यूज डेस्क | पुस ५, २०८१ शुक्रबार

सुनचादी ब्यबसायीहरुको हक हितमा काम गदै आइरहेको चन्द्रपुर सुनचादी ब्यबसायी संघको चौथो साधरण सभा शुक्रबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि नेपाल सुनचादी ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइलीले सुनचादी ब्यबसायीहरुलाइ इमान्दारका साथ काम गर्न आग्रह गरेका छन् ।


सुनचादी ब्यबसायीहरुमा विभिन्न किसिमका समस्याहरु भएको भएता पनि समस्या समाधानको लागी महासंघले काम गरिरहेको समेत बताउँदै ग्राहकहरुको मन जित्ने गरी काम गर्न अध्यक्ष रसाइलीले ब्यबसायीहरुलाइ आग्रह गरेका हुन् । सुनचादीको ब्यबसाय क्रमस बिकाशको बाटोमा अघि बढदै गइरहेको अबस्थामा नया नया आधुनिक किसिमका गरगहना बनाइ उपभोक्ताको आवश्यकता अनुसारको सेवा गर्नु अहिलेको अपरिहार्य कार्य रहेको अध्यक्ष रसाइलीले बताए । अध्यक्ष रसाइलीले सुनचादी बिलाशिता मात्र नभएर सम्पती भएको समेत दाबी उनले गरेका छन् । ब्यबसायीहरुले अब सुनचादीको कारोबार गर्दा बैक मार्फत मात्रै काम गर्न अध्यक्ष रसाइलीले यहाका ब्यबसायीहरुलाइ आग्रह गरेका छन् ।



यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथि तथा रौतहट क्षेत्र नं. ४ (१) का प्रदेश सभा सदस्य युवराज भट्टराईले चन्द्रपुर ‘सुनचादी ब्यबसायी संघको चौथो साधरण सभा तथा दोश्रो अधिवेशनको शुभकामना दिएका छन् । सुनचादी ब्यबसायीहरुलाइ समस्या परेको बखत आवश्यक सहयोगको लागी आफु तत्पर रहेको प्रदेश सभा सदस्य भट्टराईले बताए ।



कार्यक्रममा सुनचादी ब्यबसायी मधेश प्रदेश अध्यक्ष रामजी साहले सुनचादी ब्यबसायीहरु दोहोरो मारमा परेको बताएका छन । कार्यक्रमका अतिथि समेत रहेका साहले चौथो साधरण सभाको शुभकामना दिदै यहा सुनचादी ब्यबसायीहरुलाइ सुन तथा चादी ओसार पसार गर्न ठुलो समस्या रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्की,चन्द्रपुर नगरपालिका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी, महिला सुनचादी ब्यबसायी रीतु सेन्चुरी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा अन्य जिल्ला एबम् बिभिन्न पालिकाका नव निर्वाचित सुनचादी ब्यबसायी संघका अध्यक्षहरुलाइ पनि सम्मान गरिएको थियो । साधरण सभा चन्द्रपुर सुनचादी ब्यबसायी संघका अध्यक्ष प्रल्हाद रामुदामले आफनो कार्यकालमा भएका प्रगती बारे प्रकाश पारेका थिए ।

 संघको भावी योजनाहरुको बारेमा समेत साधरण सभामा जानकारी गराउदै चन्द्रपुर सुनचादी ब्यबसायी संघका अध्यक्ष रामुदामको अध्यक्षतामा सम्पन्न भएको थियो ।