न्यूज डेस्क | पुस ८, २०८१ सोमबार

रौतहट। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य एबम् रौतहट जिल्लाका वरिष्ट पत्रकार शिव पुरीलाई पितृशोक परेको छ ।


पत्रकार पुरीका पिता पुण्य बहादुर पुरीको ८७ बर्षको उमेरमा आईतबार राति निधन भएको नेपाल पत्रकार महासंघका अध्यक्ष सञ्जय कुमार कार्कीले जानकारी गराए।



स्वर्गीय पुरीको पार्थिव शरिरको आजै विधि पूर्वक अन्तिम संस्कार गरिएको समेत अध्यक्ष कार्कीले जानकारी गराए। स्वर्गीय पुरी लामो समय देखि विभिन्न रोगको उपचार गराईरहेका थिए। 



यसैबीच पत्रकार महासंघ रौतहट शाखाले आज शोक विज्ञप्ति जारी गर्दै मृतक आत्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जली  व्यक्त गर्दै पत्रकार पुरीको परिवारप्रति समवेदना प्रकट गरेको छ।