प्राइम खबर संबाददाता | पुस १२, २०८१ शुक्रबार
रौतहटको चन्द्रनिगाहपुरमा जारी एक दिवसिय त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा हेटौँडालाई पराजित गर्दै सर्लाही फाइनलमा पुगेको छ।
चन्द्रपुर नगरपालिका–८ स्थित कोटीहोम क्रीकेट मैदानमा आयोजना गरिएको खेलमा सर्लाहीले हेटौंडालाई ३ विकेटले हराएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको हेटौंडाले ३५ ओभरको खेलमा २७ दशमलव ४ ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सर्लाहीले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो।
सर्लाहीका अभय यादव र विशाल पटेलले समान २/२ विकेट लिए। सर्लाहीका लागि विशाल पटेलले ४३ र अलि हसनले १५ रन बनाए। खेलको म्यान अफ द म्याच सर्लाहीका विशाल पटेल बने। हेटौंडाका लागि भने रामनरेश गिरीले २४ र गौरव कर्णले १७ रन बनाएका थिए। सर्लाही, रौतहट र हेटौंडा सम्मिलित त्रिकोणात्मक सिरिजको फाइनल खेल शुक्रबार (आज) सर्लाही र हेटौंडाबीच हुनेछ।
यसअघि सर्लाहीले बुधबार भएको खेलमा रौतहटमाथि रोमाञ्जक ४ रनको जित निकालेको थियो। एकदिवसीय (५० ओभर) भनिए पनि खराब मौसमका कारण सबै खेल ३५ ओभरमा झारिएको देवराज कार्कीले जानकारी दिए।
८ गतेबाट सुरु भएको प्रतियोगिताको अन्तिम खेल (फाइनल) १२ गते शुक्रबार हुने पनि उनले बताएका छन्।