न्यूज डेस्क | पुस १४, २०८१ आइतबार

मधेश प्रदेशको लोकप्रिय कार्यक्रम " घुमौ मधेश,बुझौ मधेश" अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आइतबार अन्र्तरक्रिया तथा अबलोकन सहित पर्यटन प्रचार प्रसारको कार्यक्रम सम्पन्न भएको छ ।  चन्द्रनिगाहपुरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पर्यटन मन्त्री सकिल मियाले पर्यटकिय क्षेत्रको बिकाशको लागी प्रदेश सरकार लगानी गर्न तयार रहेको बताएका छन् । मधेशमा धेरै पर्यटकिय क्षेत्र छन जो प्रचार प्रसारको अभाबमा बाहिर आउन सकेका छैनन त्यस्ता स्थानको बिकाश र प्रर्बधनको लागी प्रदेश सरकारले योजना बनाएर नै काम गरिरहेको मन्त्री मियाले बताए ।


मधेशमा पर्यटकिय क्षेत्रको कुनै किसिमको अभाब नभएको तर ति क्षेत्रको बिकाश गर्न स्पष्ट नीति हुन नसकेको हुदा ति पर्यटकिय क्षेत्रको बिकाश ओझेलमा पर्न गएको मन्त्री मियाको धारणा थियो । यसैगरी रौतहट क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य तथा पुर्व पर्यटन मन्त्री युवराज भट्टराईले आफु पर्यटन मन्त्री हुदा मधेश प्रदेशका आठै जिल्लाका पर्यटकिय क्षेत्रको बिकाशको लागी योजना बनाएर नै बजेट बिनियोजन गरेको बताए । पर्यटकिय क्षेत्रको बिकाश गरेर बिदेशी पर्यटकहरुलाइ समेत भित्राउन सकिने हुदा यस क्षेत्रको बिकाश चरणबद्ध रुपमा हुनुपर्ने पुर्वमन्त्री भट्टराईको धारणा रहेको छ।
उक्त कार्यक्रममा रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवाल,दुर्गाभगबती गाउपालिकाका अध्यक्ष शम्भु सिंह, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्की लगायतले रौतहटमा पर्यटकिय क्षेत्रको अबस्था र बिकाशको बारेमा आफ्नो धारणा राखेका थिए ।
नेपाल होटल तथा पर्यटन ब्यबसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रौतहट होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष शिवराम राउतले स्वागत मन्तब्य राखेका थिए ।



मन्त्री सहितको टोलीले रौतहटको चन्द्रपुरको निजानन्द धाम नजरपुर,तिलेश्वर पर्यटकिय क्षेत्र गैडाटार, गरुडाको शिव नगर, दुर्गाभबती गाउपालिकाको दुर्गाभगबती मन्दिरको अबलोकल गरेको रौतहट होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष शिवराम राउतले बताएका छन् ।



कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राइ, रौतहट होटल तथा पर्यटन ब्यबसायी संघका पुर्व अध्यक्ष अरुण लामा,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष,संचारकर्मी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।