न्यूज डेस्क | पुस २५, २०८१ बिहिबार
नेपाल विद्युत प्राधिकरणले बत्तिको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन काटिदिएको छ । प्राधिकरणले आज बिहानबाट संसदीय दल कार्यालयको लाइन काटेको हो ।
तीन महिनासम्म बत्तिको बिल नतिर्दा प्राधिकरणले लाइन काट्ने गरेको छ । संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको स्रोतले जनाएको छ ।
६५ हजार जति कांग्रेस संसदीय दलको कार्यालयले तिर्न बाँकी रहेको छ । संसद सचिवालय स्रोतका अनुसार आजै बत्तिको बिल तिरेर काटिएको लाइन जोड्ने तयारी भइरहेको छ ।