न्यूज डेस्क | पुस २८, २०८१ आइतबार

रौतहटमा निजी तथा आबाशिय बिध्यालय संघ (PABSON) को जिल्ला अधिबेसन सम्पन्न भएको छ ।


संघको ११ औं जिल्ला अधिबेशन बाट अध्यक्ष पदमा ऋषिकेश चिमोरिया निर्बाचित भएका छन् । यस्तै गरी उपाध्यक्ष पदमा  मनोज शर्मा, सचिवमा  अर्जुन  श्रेष्ठ र कोषाध्यक्ष पदमा  कृष्ण  झा नयाँ कार्यकालको लागी निर्बाचित भएका सूर्योदय एकेडेमीका संचालक सूर्य बहादुर थापाले जानकारी लिएका छन् । उनका अनुसार संघको सदस्यहररुमा  लोकबहादुर  श्रेष्ठ, हरेन्द्र राय यादव र सरोज शर्मा  विजयी  भएको थापाले बताएका छन् ।



निजी तथा आबाशिय बिध्यालयको हक हितको लागी नबिनतम् योजनाका साथ कार्यगर्न आफूहरु तयार रहेको नबनिर्बाचित अध्यक्ष चिमोरीयाले बताएका छन् । उनी चन्द्रपुर ८ स्थित सन्तपुरमा रहेको न्यू झरना आबाशिय माबिका संचालक हुन् ।