न्यूज डेस्क | माघ ४, २०८१ शुक्रबार
रौतहटको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुरमा १५ शैया अस्पतालको लागि नया भबन निर्माणको लागि बुधबार शिलान्यास गरिएको छ । उक्त भवनको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफले, उपप्रमुख जयमाला चौधरी र वडा नम्बर ५ का अध्यक्ष नीलहरी कोईरालाले संयुक्त रुपमा गरेका हुन् ।
भवनको शिलान्यास गदै नगर प्रमुख काफ्लेले अब चन्द्रनिगाहपुरमा सुबिधा सम्पन्न अस्पतालको भवन निमार्ण हुने बताएका छन् । उक्त नगर अस्पतालको निर्माण कार्य समय अबधि भित्र नै भवन निमार्ण कार्य सम्पन्न हुने समेत नगर प्रमुख काफ्लेले प्राईम खबरलाई बताएका छन् ।
वडानम्बर ५ स्थीत शन्तानेश्वर महादेब मंन्दिर पछाडी रहेको खाली पर्ती जमिनमा नगर अस्पताल बन्ने भएको हो । संघिय सरकारको बजेट तथा चन्द्रपुर नगरपालिकाको बजेटबाट निर्माण सम्पन्न गर्ने गरी यस आर्थीक बर्षको लागि भबन निर्माणको लागि साहु कन्स्ट्रक्सनले ४ करोड ९ लाखमा ठेक्का सकार गरेको हो । तीन बर्ष भित्र पुरा गर्ने लक्ष्यको साथ काम अघि बढाइएको छ । अन्डरग्राउण्ड पार्किङ्ग सहित सुबिधा सम्पन्न अस्पतालको भबन निर्माण गरिने भएको हो ।
बजेट अनुसार बहुबर्षिय ठेक्का लगाउदै जाने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीले बताएका छन् । उक्त अस्पताल निर्माणको शिलान्यास कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी, प्राबिधिक कर्मचारीहरु, वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरु लगायत स्थानिय भद्रभलादमी तथा सरोकारवालाहरुको सहभागिता रहेको नेपाली काँग्रेसका युवा नेता देबराज कार्कीले बताए ।