न्यूज डेस्क | माघ ४, २०८१ शुक्रबार

जिल्ला-जिल्लामा गठन हुने भूमि समन्धी समस्या समाधान आयोगले पूर्णता पाएको छ । बाँकी रहेका ६ जिल्लामा भूमि आयोग गठन भएसँगै जिल्ला आयोगले पूर्णता पाएको हो ।


सोमबार ७१ जिल्लाका भूमि आयोगका अध्यक्षले शपथ गरेकोमा प्राविधिक कारणले छुट्न गएका ६ जिल्लाका अध्यक्षलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शपथ ग्रहण गराएका छन् । यस अनुसार भूमि समस्या समाधान आयोगको रौतहट जिल्ला अध्यक्षमा अखिलेश्वर चौधरी, जुम्लामा सुरतबहादुर शाही, बझाङमा प्रयागराज जोशी, तेह्रथुममा गणेशबहादुर सोदेम्बा, कञ्चनपुरमा नेत्रप्रकाश पन्त र सप्तरीमा अखिलेशकुमार झा छन् । नेकपा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार समेत रहेका रौतहटका अध्यक्ष चौधरी रौतहटका स्थानीय रैथाने समेत हुन्।