न्यूज डेस्क | माघ ८, २०८१ मंगलबार

सरकारले संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।


सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउने निर्णय गरेको छ ।



संसदको बैठकका लागि सरकारले विजनेश पनि तयारी अवस्थामा राखेको छ । संसद बैठक बस्ने भएपछि काठमाडौं उपत्यका बाहिर रहेका सांसदहरूलाई माघ १८ गतेभन्दा अगाडि काठमाडौंमा उपस्थित हुन भनिएको छ ।