न्यूज डेस्क | माघ ९, २०८१ बुधबार

राजेन्द्र महतोको पार्टी दर्ता, झण्डा र चुनाव चिन्ह प्रदानकाठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ रामुपा नामक राजनीतिक दल दर्ता भएको छ । मंगलबार निर्वाचन आयोगले दल दर्ता गरेर नेता केशव झालाई प्रमाणपत्र प्रदान गरेको हो । राष्ट्रिय मुक्ति पार्टीलाई आयोगले चुनाव चिन्हको रूपमा ‘ग्याँस सिलिण्डर’ प्रदान गरेको नेता झाले बताए ।


ग्यासको सिलिण्डर गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ । दल दर्ता नम्बर २०१ कायम भएको सो पार्टीले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी आगाडि बढ्ने झाले बताए ।



राष्ट्रिय मुक्त पार्टीका अध्यक्ष राजेन्द्र महतोले आम जनतालाई आफू नेतृत्वको पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न अपील समेत गरेका छन् ।