प्राइम खबर संबाददाता | माघ ९, २०८१ बुधबार

दिपेन्द्र मिश्रा 'दिपु' 
रौतहटमा जंगली हात्तीको आतंकले जनताहरु आजित भएका छन् । प्राय सामुहिक रुपमा देखिएको जङ्गली हात्तीले स्थानियकाृ घर, किसानको खेतमा पसेर अन्न,केराबारी र उखुबाली नष्ट गर्ने गरेको छ ।


जंगली हात्ती नियन्त्रण गर्न कुनै ठोस कदम चाल्न नसकोको डिभिजन बन कार्यालय रौतहट कोठे बैठक र छलफलमा मात्र लाग्ने गरेको आरोप चन्द्रपुर ४ का स्थानिय केदारप्रसाद तिमल्सिनाले बताएका छन् । रौतहटको गुजरा नगरपालिका, फतुवा बिजयपुर नगरपालिका र चनद्रपुर नगरपालिकाका गैडाटार,जुडीबेला,कप्तानटोल लगायतका स्थानमा जंगली हात्तीले क्षति गरेको चन्द्रपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष दुत्त बहादुर थिंगले जानकारी दिए।



रातको समयमा हात्ती धपाउने क्रममा आफु स्वयं नै लडेर घाईते भएको र खुट्टामा चोट लागेको समेत उनले बताए । डिभिजन बन कार्यलय रौतहटका प्रमुखको उदाशीनता र नियमक निकायहरुको गैह्जिम्मेवारीपनका कारण जनताले सास्ती खेप्नुपरेको केदार तिमल्सिनाले बताए ।