न्यूज डेस्क | फागुन ३, २०८१ शनिबार
रौतहट। “कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार” मुल नाराका साथ रौतहटको चन्द्रनिगाहमापुरमा यही फागुन ५ गते देखि आयोजना हुन गईरहेको “चौथो चन्द्रपुर महोत्सव २०८१” को सम्पूर्ण तयारी पुरा भएको छ ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघ रौतहटको आयोजनामा कृषि पर्यटन उद्योग व्यापार र समृद्धिका लागि “प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१” यही फागुन ५ गते देखि फागुन १७ गते सम्म संचालन हुने भएको हो।
आयोजक संस्थाले शनिबार गरेको पत्रकार सम्मेलन मार्फत महोत्सवको तयारी पुरा भएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले बताए ।
फागुन ५ गते बाट सुरु हुने उक्त महोत्सवमा स्थानीय कृषि तथा लघु उत्पादन एवं ब्यबसायिक प्रदर्शनी र बिक्री स्टल लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति र खेल मनोरञ्जनका सामग्री बाल उद्यान समेत रहने गरी “कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार” भन्ने मूल नाराका साथ तुलसीलाल आमात्य स्मृती रंगशालामा औद्योगिक मेला एबम् प्रदर्शनी समेत प्रस्तुत गरिने अध्यक्ष सापकोेटाले बताएका छन् ।
उदघाटन समारोहलाई विशेष बनाउनका लागि जनज्योति माध्यमिक विद्यालयको प्राङ्गणबाट चन्द्रपुरमा सक्रिय, सामाजिक, धार्मिक, खेलकुद, विभिन्न जात जाती, धर्म संस्कृति, कला संस्कृति संग सम्बन्धित संघ संस्थाहरुको अगुवाईमा आ आफ्ना पहिचान संस्कृति झल्कने शोभा झाँकी, भेष भुषा, श्रृंगार, बाजा गाजा सहित शुभारम्भ यात्रा निस्कने समेत उनले बताए ।
झाकीले चन्द्रनिगाहपुर चोक परिक्रमा गरेर महोत्सव स्थल पुगेर उदघाटन समारोहमा सरिक हुनेछ । बालउद्यान, टेन्ट, स्टल, स्टेज र लाईटका कामहरु लगभग सम्पन्न हुने अवस्थामा रहेको र १ सय १५ स्टल मध्ये आधा बुकिङ भइसकेका र अरु स्टलहरु बुकिङ प्रक्रियामा रहेको समेत उनले जानकारी दिएका छन् ।
मेलामा एक सयको टिकट शुल्क रहेको हुँदा प्रवेश शुल्क तिरेर प्रवेश गर्नुपर्ने प्रावधान राखिएको छ । त्यसरी खरिद गरिएको टिकेटमा एउटा भोट पनि संलग्न हुनेछ । महोत्सवमा स्टेज कार्यक्रममा सहभागी भएका स्थानीय नव प्रतिभा कलाकारहरुको प्रस्तुति हेरेर आफूलाई मन परेको कलाकारलाई छनौट गर्नको लागि उसको नाम लेखिएको बक्समा भोट हाल्न सकिन्छ । प्रत्येक दिनको भोट गिन्ती गरेर आयोजकले रेकर्ड राख्ने र समापनको दिन सबै भन्दा बढी भोट प्राप्त गर्ने ४ जनालाई पुरस्कृत गरिने बताइएको छ ।
मेलामा काटेको टिकटको अर्धकट्टी देखाएर भरत ताल स्थित बागमती इन्टरटेन्मेन्ट प्राली बागमती भरत तालको टिकट खरिद गर्दा ५० प्रतिशत छुट हुनेछ भने फाल्गुण महिना भित्रमा भरत ताल पुगेर लिने टिकटमा २५ प्रतिशत छुट हुने समेत बताइएको छ ।
उक्त महोत्सवलाई एनसेल, गोर्खा ब्रुअरी, जावलाखेल ग्रुप आर्थिक सहयोगका रुपमा रहेका छन भने सपोर्टमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश रहेको छ ।
मेला अवधिभर कुनै घटना भएको खण्डमा बीमाको व्यवस्थप्न गर्न बीमा पार्टनर नेको ईन्सुरेन्स, हस्पिटालीटि पार्टनर होटल आरोही, होटल तराईईन, जगत रिसोर्ट, गौतम होटल चपुर, होटल हिमालयन, होटल उदय प्लाजा, स्वास्थ्य साथी चन्द्रपुर अस्पताल प्रा. ली., सिभिल अस्पताल प्रा.ली. चन्द्रनिगाहपुर सामुदायिक अस्पताल, हाईवे ट्रमा सेन्टर, ईन्टरनेट पार्टनर वल्र्ड लिङ्क र सुबिसु, सुरक्षा साथी आर आर ईन्फोसि प्रा. ली., पर्यटन पार्टनर बागमती इन्टरटेन्मेन्ट प्रा. ली., बैंकिंग पार्टनर महालक्ष्मी विकास बैंक, प्रिन्टिङ पार्टनर आर्ट पोइन्ट र चांद फ्लेक्स प्रिन्ट रहेका छन भने रौतहटका सम्पूर्ण मीडियाहरु मीडिया पार्टनर रहने गरी नेपाल पत्रकार महासंघ रौतहटले सम्योजन गर्ने जिम्मेवारी तोकिएको पत्रकार सम्मेलन मार्फत संघका महासचिव जनकराज भारतीले बताए ।
चन्द्रपुर नगरपालिकाको संरक्षणमा चन्द्रनिगाहपुर सिटि जेसिज, लायन्स क्लब रौतहटको सहआयोजना साथै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको सपोर्टमा एवं मधेस प्रदेश सरकार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयको मुख्य सहयोगमा २०८१ फाल्गुण ५ गते देखि १७ गते सम्म आयोजना हुने उक्त महोत्सवलाई सफल बनाउन र घुमौ मधेश बुझौं मधेश भन्ने नारालाई समेत आत्मसात गर्न महोत्सव ले उलेख्य भूमिका निभाउने समेत अध्यक्ष सापकोटाले बताएका छन् ।