न्यूज डेस्क | चैत २४, २०८१ सोमबार

प्रभु साह नेतृत्वको आम जनता पार्टी छाड्नेहरुको लर्को लाग्दै गएको छ । केही  महिना अघि सो पार्टीका महासचिब कुन्दन कुशबाहले पार्टी छाडेको तुष मेटिन नपाउदै पार्टीका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी त्याग गरेको घोषणा गरेका छन्  ।


सोमबार साझ समाजिक संजाल फेसबुक मार्फत बरिष्ठ उपाध्यक्ष साहले आजको मितिबाट पार्टीको कुनै पनि पदमा नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए । उनी लेख्छन्   ‘आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साह संग भएको लामो सहयात्राको लागी उहालाइ बिशेष धन्यवाद दिन चाहन्छु,उहाको पार्टीले प्रगति गरोस हार्दिक शुभकामना छ । आजको मिति देखी पार्टीको कुनैपनि संगाठनिक जिम्मेबारीमा नरहेको सबैमा जानकारी गराउदछु’ ।



उनले लोकतान्त्रीक पार्टी भित्र पनि लोकतान्त्रीक पद्दती नभएको भन्दै बाध्य भएर पार्टी परित्याग गरेको बताएका छन्  । केही दिनपछि धेरै साथीहरुले पार्टी छाडने समेत उनले बताएका छन्  ।