न्यूज डेस्क | चैत २५, २०८१ मंगलबार
रौतहट। माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले आफूमाथि लगाइएका आरोपहरू पूर्णतः भ्रामक र निराधार भएको बताएका छन्।
उनका अनुसार केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थ पूरा नहुँदा उनीहरूबाट आफू र नगरपालिकाका हाकिमलाई समेत जोडेर झूठा आरोपहरू सार्वजनिक रूपमा फैलाइएको प्रति रोष प्रकट गरेका छन्।
उनी भन्छन “मैले निर्वाचित भएदेखि नै नगरमा निरन्तर विकासका कार्य गर्दै आएको छु,” प्रमुख यादवले बताए, “तर केही स्वार्थी तत्वहरूले मेरो छवि बिगार्न यस्तो षड्यन्त्र रचिरहेका छन्।”
यादवले नगरवासीहरूलाई यस्ता झूठा र भ्रामक प्रचारप्रति ध्यान नदिन आग्रह गर्दै तथ्यमा आधारित सोच र विवेक प्रयोग गर्न पनि अपिल गरेका छन्।
उनले थपे, “साँचो कुराले कहिल्यै लुक्दैन, सत्य सधैं उजागर हुन्छ। विकासलाई निरन्तरता दिने मेरो प्रयास यथावत् रहनेछ।” नगरपालिकाबाट पार्टीको नाममा व्यक्तिगत रूपमा लाभ लिन खोज्ने प्रयास विफल भएपछि केही संकीर्ण मानसिकता भएकाहरू बर्वराएको समेत उनले बताए।