न्यूज डेस्क | बैशाख ४, २०८२ बिहिबार

रौतहट । चन्द्रनिगाहपुर आसपास क्षेत्रमा बिहीबार असिना सहितको  मुशलधारे वर्षा भएको छ।


दिउँसो ४ बजेदेखि लगातार एक घण्टासम्मको मुशलधारे वर्षाले चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४,५ र ६ वडाका अधिकांश स्थानमा डुबान समेत गरेको स्थानीय सञ्चारकर्मी सुब्बा कार्कीले बताएका छन्। 



बाक्लो असिना बर्षदा मकै, तरकारी बालीमा र फलफूलमा व्यापक क्षति पुर्याएको कार्कीले जानकारी दिएका छन् ।



उनका अनुसार यति ठूलो मुशलधारे पानी सहितको असिना आफ्नो जीवनको पहिलो भोगाइ रहेको समेत उनले बताएका छन् ।



पानीले गर्मीबाट केही राहत भएको भएतापनि अधिकांश भूभाग डुबानमा रहेको र वाली नालीमा समेत क्षति पुर्याएको छ ।