सन्तोष काफ्ले | बैशाख १४, २०८२ आइतबार
रौतहट। डिभिजन वन कार्यालय रौतहट एक्सनमा उत्रिएपछि गैडाटारको अतिक्रमित क्षेत्रमा पाँच हजार बढी बिरुवा रोपिएको छ । चाँदीखोला नदी उकास वन क्षेत्रमा अबैध तवरले गरीएको अतिक्रमण नियन्त्रण गर्नका लागी विभिन्न प्रयासहरूको थालनी गरेको छ। जिल्लाको चन्द्रपुर नगरपालिका ३, गैडाटारस्थित नदी उकास क्षेत्रमा भएको अतिक्रमित क्षेत्रमा आइतबार वृक्षारोपण गरिएको छ।
पूर्वमा सरकारी हाइस्कुल र भोर्लेनी सामुदायिक वन, पश्चिममा कछडिया निकास र तिलेश्वरनाथ सामुदायिक वन, उत्तरमा आवादी र दक्षिणमा राष्ट्रिय बन रहेको चारकिल्ला भित्रको चाँदी खोला नदी उकास क्षेत्रमा पहिलेदेखि नै वन क्षेत्र अतिक्रमण गरि बसेको बस्तीको पश्चिमपट्टि अतिक्रमणको चपेटामा रहेको स्थानमा थप वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले खनजोत गरी मकैबाली समेत लगाईएको करिब ६ हेक्टर क्षेत्रफलमा रहेको सो क्षेत्रमा सिसौ, सपेता जातका करिब ५ हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ।
तारबार सहितको घेरा लगाएर वन क्षेत्र अतिक्रमण गरेको स्थानमा पोल तथा तारबार उखेलि उक्त काठको पोल र तार उखेलेर अतिक्रमण हटाइएको डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहले बताएका छन् ।
स्थानिय, सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरी डिभिजन वन कार्यालय रौतहट, सशस्त्र प्रहरी बल सन्तपुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहको संयुक्त सहभागितामा उक्त क्षेत्रलाई पुर्स्थापना गराउने उद्देश्यका साथ सो स्थानमा वृक्षारोपण कार्य सम्पन्न गर्ने योजना राखिएको बताईएको छ ।
साथै उक्त रुख बिरुवा हानि नोक्सानी गर्ने गराउने र सो स्थानमा बन अतिक्रमण गरी खनजोत गर्ने कार्यमा संलग्न व्यक्तिहरूको खोजतलास गरी फेला परेमा पक्राउ गरी वन ऐन २०७६ बमोजिम कडा भन्दा कडा कारबाही गरिने कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले बताएका छन् ।
बिगतमा सो स्थानमा सिसौ,खयर प्रजातिका रुखहरु भएको भएतापनि हाल सो स्थानमा ब्यापक रुपमा फडानी भएको सुचना प्राप्त भएपछि डिभिजनल बन प्रमुख साह कडा रुपले एक्सनमा उत्रिएका हुन् ।
राष्ट्रिय बन अन्र्तगत पर्ने सो अतिक्रमित भु भागको संरक्षण एबं प्रर्बधनका लागी समुदायको भुमिका समेत महत्वपूर्ण हुने भएको हुदा क्षेत्रफल नक्साकंन संसोधन गरेर भएपनि तिलेश्वरनाथ सामुदायिक बन उपभोक्ता समुहलाई आफ्नो क्षेत्राधिकार भित्र रहनेगरी उक्त क्षेत्रपनि समुहलाई नै हस्तान्तरण गर्ने कार्यालय प्रमुख साहले बताएका छन् । बृक्षाराृपण गरीएको सो स्थानकाृ संरक्षणका लागी आफुहरु तत्पर रहेको र आजैका मितिदेखि हेरालुको पनि ब्यबस्था गरीएको तिलेश्बरनाथ सामुदायिक बनका सचिब भुनेश्वर गुरोले जानकारी दिए ।