न्यूज डेस्क | बैशाख २०, २०८२ शनिबार
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रूपमा विकास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको तर्फबाट आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।
राष्ट्रपतिले रंगशालालगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानूनी व्यवस्था मिलाइने बताए । खेलकुदलाई निजी क्षेत्रका संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिने उनको भनाइ छ ।
यस्तै अन्तर्राष्ट्रिय पदक पाउने खेलाडी र उनीहरूका सन्ततीहरूलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।