न्यूज डेस्क | बैशाख २३, २०८२ मंगलबार

रौतहट। लामो समय देखि ब्रेन ट्युमरबाट पीडित रौतहटका संचारकर्मी फणिदेव महतको उपचारमा सहयोग पुर्याउने उद्देश्यले होटल तथा पर्यटन ब्यबसायी संघ रौतहटले नगद सहयोग गरेको छ । पत्रकार महतको दैनिकी उपचारमै बित्दै आएको छ । उपचारकै क्रममा एक करोड भन्दा बढि रकम सकिसकेको भएता पनि उनको दैनिकी भने अस्पतालमै बितिरहेको छ ।


उपचारमै रहेका संचारकर्मी महतको अबस्थालाई उनका सहयोगी मनकारीहरुले सकेको रकमको लागी जोहो गर्दै आएका छन । नेपाल पत्रकार महासंघ रौतहट शाखाको पहलमा बिभिन्न सहयोगीबाट प्राप्त दुई लाख रुपैया बिरामी संचारकर्मी महतलाई मंगलबार हस्तान्तरण गरिएको छ ।



होटल तथा पर्यटन ब्यबसायी संघ रौैतहटले मंगलबार एक कार्यक्रमका बिच २५ हजार ६ सय रुपैया नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की मार्फत संचारकर्मी महतलाई हस्तान्तरण गरेको छ । संघका अध्यक्ष शिबराम राउतले संघका सदस्यहरुबाट रकम संकलन गरेर संचारकर्मी महतको उपचारमा सघाउ पुरयाउन हस्तारण गरेका हुन ।



चन्द्रनिगाहपुर निवासी पत्रकार महतको काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा ब्रेन ट्युमर उपचार गरे पनि पुर्णरुपमा निको भएको छैन तर पनि उनको दैनिकी नै अस्पतालमै बित्दै आएको छ । आर्थीक अबस्था कमजोर रहेको कारण परोपकारीहरुबाट आर्थीक सहयोग जुटाउनका चन्द्रनिगाहपुरमा रहेका उनका संचारकर्मी साथिहरु  समेत लागी पर्दै आएका छन्  । उनको उपचारमा अझै खर्च लाग्ने अबस्था रहेकाले सहयोगको अपिल समेत गरिएको छ ।