न्यूज डेस्क | बैशाख २३, २०८२ मंगलबार
रौतहटको चन्द्रनिगाहपुरमा गुणस्तरहिन पाउरोटी उत्पादन गरि बिक्रि बितरण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर चारका लक्ष्मी पाउरोटी उद्योगका संचालक शेख मनिर र शेख जावेर रहेका छन् ।
गुणस्तरहिन पाउरोटी उत्पादन गरि बिक्रि वितरण गरेर उपभोक्ताको स्वास्थ्य माथि खेलवाड भईरहको भएपनि चन्द्रपुर नगरपालिका अनुगमन समिति,उपभोक्ता हित संरक्षण मंच रौतहट तथा खाद्य तथा गुणस्तरण नापतौल विभागले कुनै चासो नलिएको गुनासो जनस्तरमा बढ्दो छ ।
खाद्य तथा गुणस्तरण नापतौल विभाग, बिरगंज कार्यालयबाट यस अघि अनुगमनका क्रममा उत्पादन भएको खाद्यान्नहरु गुणस्तरहिन पाईएको थियो । पटक पटक सचेत गराउदा पनि पाउरोटी उद्योगका संचालकहरु अटेरी गर्दे आएको बताईएको छ । उपभोक्तहरुको स्वास्थ्यमा असरपर्ने खाद्यान्नहरु उत्पादन भएता पनि सरोकारबाला सम्बन्धित निकाय मौन रहनाले उपभोक्ता तथा जनस्वास्थ्य माथि खेलवाड गर्ने क्रम बढेको हो । जन स्वास्थ्यमाथि चरम लापरबाही गर्ने उद्योगी एवं व्यापारीहरुले मिसावट तथा गुणस्तरहीन उपभोगीय बस्तुहरु बजारमा छ्याप्छ्याप्ती बिक्रि वितरण गर्दै आएका भएपनि नियमनकारी निकायहरु मौन रहदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर गर्दै आएको छ । यस्ताखाले उद्योगी व्यापारीलाई कडा भन्दा कडा कार्वाहीको माग नेकपा माओवादी केन्द्रका स्थानिय नेता बिनोद दुलालले गरेका छन् ।
दण्डहिनता र कमजोर अनुगमनका कारण उद्योगी व्यापारीहरुको हौसला बढ्न पुगेको उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरेको कथन रहेको छ ।
चन्द्रपुर नगरपालिका स्तरीय अनुगमन समितीका संयोजक तथा उपमेयर जयमाला चौधरीले यस सम्बन्धमा कार्वाही स्वरुप पच्चिस हजार जरीवाना तोकेपनि हाल सम्म सो रकम दाखिला नभएको बताईन् । उनले यस्ता अटेरी गर्ने उद्योगी व्यवसायीलाई एेन कानुन अनुसार थप कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले घटनाको छानबिन गरी गुणस्तरहीन खाधपदार्थको बिक्री बितरण गर्नेलाई खाद्य ऐन कानुन अनुसार कानुनी कार्बाही गरीने बताएका छन् ।