न्यूज डेस्क | बैशाख २३, २०८२ मंगलबार

रौतहट। नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटले  चन्द्रनिगाहपुरमा  आयोजना गरेको “जय नेपाल कप” क्रिकेट प्रतियोगिता मंगलवार देखि आरम्भ भएको छ ।
चन्द्रपुर वडा नम्वर ८ स्थित कोटिहोम खेल मैदानमा आज देखि “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता आरम्भ भएको हो । प्रतियोगिता नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा  भएको नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटका संयोजक श्यामहरी चौलागाईले बताएका छन्  ।
प्रतियोगितामा जिल्लाका ८ वटा क्याम्पसको क्रिकेट टिम सहभागी रहेको र दुई ग्रुपमा विभाज गरिएको जनाइएको छ । 
 विभाजित खेल समूह ‘ए’ मा गौरीशंकर यादव रौतहट क्याम्पस गौर, मध्य रौतहट मल्टिपल क्याम्पस गरुडा, सुरत रामकेवल मल्टिपल क्याम्पस गुजरा, कटहरिया मल्टिपल क्याम्पस कटहरिया रहेका छ्न ।
यसैगरी समूह ‘बी’ मा सिन्धुरेघारी मल्टिपल क्याम्पस चन्द्रपुर, श्रीदेवी सीटीइभीटी कलेज मधवनारायण, लक्ष्मी श्री मल्टिपल क्याम्पस समनपुर अभियान एजुकेशनल कन्सल्टेन्सी गौर रहेका हुन्  ।
प्रतियोगिताको लिग म्याच बैशाख २३ देखि २९ गतेसम्म सञ्चालन हुने छ । बैशाख ३० गते सेमिफाइनल र ३१ गते दिउसो २ः५५ समय देखि फाइनल खेल हुने आयोजक समितिले जनाएको छ ।
विजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ५० हजार पुरस्कार व्यवस्थापन गरिएको छ । मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अंक बराबरी बाँडिने र नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको आयोजकले जनाए ।
प्रतियोगिताको फाईल खेल ३१ गते हुने संयोजक चौलागाईले जानकारी गराएका छन्  । उदघाटन खेलमा समुह बी सिन्धुरेघारी मल्टिपल क्याम्पस र लक्ष्मि श्री मल्टिपल क्याम्पस समनपुर बीच जारी रहेको समेत उनले जानकारी दिएका छन्  ।