न्यूज डेस्क | बैशाख २३, २०८२ मंगलबार
उदयपुरको त्रियुगा नदीले बस बगाएको छ । चौदण्डीगढी नगरपालिका-५ मा सोमबार राति डाइभर्सन हुँदै नदी तर्नेक्रममा बस फसेको थियो ।
मंगलबार बिहान बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त बस बाढीले पल्टाएको प्रहरीले जानकारी दिएकाे छ ।
बसलाई बाढीले फसेको ठाउँबाट बगाएर केही पर पुर्याएको थियो । बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू बस फसेपछि निस्किएका थिए ।
नजिकै रहेको पुल भत्किएको हुँदा त्यहाँ डाइभर्जन बनाइएको थियो ।