न्यूज डेस्क | बैशाख २४, २०८२ बुधबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् ।
गएराति खुमलटारस्थित आफ्नै निवासको शौचालयमा लडेर घाइते भएपछि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो । टाउको र निधारमा चोट लागेका प्रचण्डको गएराति नै उपचारपछि टाँका लगाइएको उनको सचिवालयले जनाएको छ ।
उपचारपछि घर फर्किएको र अहिले उनको अवस्था सामान्य रहेको छाेरी गगा दाहालले जानकारी दिइन् । अध्यक्ष प्रचण्ड नियमित काममा फर्किसकेको समेत उनले बताएकी छिन् ।