न्यूज डेस्क | बैशाख २७, २०८२ शनिबार

राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।


अध्यक्ष दाहालले शुक्रबार शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको दाहालको सचिवालयले जनाएको छ ।



भेटमा देशको वर्तमान राजनीतिलगायत समसामयिक विषयमा छलफल भएको सचिवलयको भनाइ छ ।