न्यूज डेस्क | बैशाख २८, २०८२ आइतबार

रौतहट । नेपाल तामाङ घेदुङ रौतहटले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कप्तान टोल स्थित सेडुप फेन्दे गुम्बाको प्राङ्गणबाट नगर सरसफाई कार्यको थालनी गरेको छ   । भगवान गौतम बुद्धको सोमबार पर्ने २५६९ औ  बुद्ध जयन्तीको अवसरमा सडक सरसफाई कार्यक्रमको आयोजना गरिएको  बताईएको छ । 
 बुद्ध जयन्ती मुल समारोह समिति रौतहटको आयोजनामा शनिबार गुम्बा परिसरबाट टेकान हुँदै चन्द्पुर चोकको तीन कुने पार्क सम्म सरसफाई गरेसँगै शनिबारको नगर सरसफाइ कार्यक्रम समापन गरिएको आयोजकले बताएको छ ।


 सोमबार चन्द्रनिगाहपुरमा हुने २५६९ औं  बुद्ध जयन्ती विशेष कार्यक्रम अन्तर्गत शान्ति -याली तथा धर्मदेशना एवम वाङ अभिषेक कार्यक्रम हुने र सोही कार्यक्रमको पूर्व सन्ध्यामा शनिबार मधेस प्रदेश सभासद पूर्व माननीय धनलाल थोकरको प्रमुख आतिथ्यता तथा चन्द्रपुर नगरपालिकाका स्थानिय, जनप्रतिनिधि , समाजसेवी, सशस्त्र प्रहरी वलका प्रतिनिधिहरु, तामाङ घेदुङ, मगर संघ, थारु कल्याणकारी सभा, गुम्बा लगायत संघसंस्थाका पदाधिकारी एवम सदस्यहरुको सहभागितामा चन्द्रपुर नगर सरसफाइ कार्यक्रम सम्पन्न भएको नेपाल तामाङ घेदुङ रौतहटका पुर्व अध्यक्ष बाल कुमार लामाले बताएका छन् ।



चन्द्रनिगाहपुरको मुख्य  तिनकुने चोक सरसफाई गर्दै कम्तिमा पनि हप्ताको एकदिन हाम्रो शहर सरसफाइमा खर्चन सके आफ्नो गाउँ टोल शहर सुन्दर र आकर्षक बनाउन सकिने नेकपा एमालेका नेता राम बहादुर घलानको भनाई रहेको छ । सोमबार हुने बुद्ध जयन्तिका बिभिन्न कार्यक्रमहरु धुमधामका साथ मनाउने गरी तयारी पूरा भएको बताउदै कार्यक्रममा सहभागी हुन बुद्ध जयन्ती कार्यक्रम आयोजक समितिले अनुरोध गरेको छ ।  बुद्ध जयन्तीको पूर्व सन्ध्यामा प्रचारप्रसारको लागि चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा आईतबार मोटरसाइकल -याली गरीने आयोजकले जनाएको छ ।