न्यूज डेस्क | बैशाख २८, २०८२ आइतबार
नेपाली काङ्ग्रेस विद्यार्थी विभागद्वरा आयोजित जय नेपाल! कप रौतहट जिल्ला अन्तर कलेज T-20 क्रीकेट लिग प्रतियोगिता २०८२ को छैठौं दिनको पहिलो खेल मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा र सुरत रामकेवल बहुमुखी क्याम्पस गुजराको बिचमा सम्पन्न भएको छ ।
उक्त खेलमा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा ८५ रनले विजयी भएको थियो । टस जितेर ब्याटिङमा उत्रिएको मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाले निर्धारित २० ओभरको खेलमा ५ विकेट क्षेतिमा कुल १सय ९० रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सुरत रामकेवल बहुमुखी क्याम्पस गुजराले २० ओभरमा ९ विकेट गुमाउँदै केवल १०५ रन मात्रै जोड्न सफल भएको थियोे ।
उक्त खेलको प्लेयर अफ द म्याच मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका नितेस यादव बनेका छन्। उनले २६ बलमा ५५ रन जोड्न सफल भएका थिए । यसै गरि ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिएका थिए ।
यसैगरी दोस्रो खेल सिंधुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुर र श्री देवी सिटिईभिटि कलेज माधवनारायण नगरपालिकाको बिचमा सम्पन्न भएको थियो। उक्त खेलमा सिंधुरेघारी बहुमुखी क्याम्पस ७ विकेटले विजयी भएको थियोे ।टस जितेर ब्याटिङमा उत्रिएको श्री देवी सिटिईभिटि कलेजले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ८५ रन मात्रै जोडेको थियोे । जवाफी ब्याटिङमा उत्रिएको सिंधुरेघारी बहुमुखी क्याम्पसले १६.१ ओभरमा ३ विकेटको क्षेतिमा आफ्नो लक्ष्य पूरा गरेको थियो । उक्त खेलको प्लेयर खफ द म्याच सिंधुरेघारी बहुमुखी क्याम्पसका अर्विन्द बैठा बनेका छन् उनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिएका थिए ।