न्यूज डेस्क | बैशाख २९, २०८२ सोमबार

रौतहटमा जारी जय नेपाल कप जिल्ला अन्तर कलेज क्रिकेट प्रतियोगिता २०८२ को लिग चरणको अन्तिम खेल श्री देवि सिटिईभिटी कलेज र अभियान एजुकेसन कन्सल्टेन्सीको बिचमा सम्पन्न भएको थियो ।


उक्त खेलमा श्री देवि सिटिईभिटी कलेज चार विकेटले विजयी भएको थियोे । टस जितेर ब्याटिङमा उत्रीएको अभियान एजुकेसन कन्सल्टेन्सिले १८.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ८५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्री देवि सिटिईभिटी कलेजले १४.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियोे । यो खेल संगै लिग चरणको खेलहरु सकिएको छ ।



समूह ए बाट विजेता उपविजेता बन्दै मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा र गौरीशंकर यादव बहुमुखी क्याम्पस गौरले सेमिफाइनलको यात्रा तय गरेको छ भने समूह बी को विजेता उपविजेता बन्दै सिन्धुरेघारी बहुमुखी क्याम्पस र श्री देवि सिटिईभिटी क्याम्पसले सेमिफाइनलको यात्रा तय गरेको छ ।